Advertisement Banner
Advertisement Banner

०६ मंगलबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

सेती नदीको १५ स्थानमा ‘अलर्ट साइरन’

३० आइतबार , बैशाख २०८१५ महिना अगाडि

सेती नदीको १५ स्थानमा ‘अलर्ट साइरन’

आपतकालिन तयारीका लागि तनहुँ जलविद्युत् आयोजनाले सेती नदी आसपासका १५ स्थानमा ‘अलर्ट साइरन’ जडान सुरु गरेको छ । तनहुँ जलविद्युत् आयोजनाले आपतकालिन तयारी योजनाअन्तर्गत सेती नदी आसपासमा ‘अलर्ट साइरन’ शुरु गरेको हो ।

‘अलर्ट साइरन’ ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको यस आयोजनाले तनहुँको भीमाददेखि चितवनको घुमाउनेसम्म जडान गर्न लागेको हो । करिब ३५ किलोमिटर दुरीमा अलर्ट साइरन राखेर नदी तटीय क्षेत्रका समुदायको सुरक्षाका लागि अग्रीम सूचना दिन लागेको आयोजनाले बताएको छ ।

अहीलेसम्म तनहुँ जिल्लाको भीमादस्थित हुक्सेटार, दमौलीको तनहुँ सभाहल र आयोजना क्याम्पभित्र गरी तीन स्थानमा जडान गरिसकिएको बताईएको छ । अब छिट्टै इलाका प्रहरी कार्यालय बन्दीपुर साराडघाटमा राखिने र वर्षायाम अघि सबै स्थानमा अलर्ट साइरन राखि सक्ने योजना अनुरुप काम थालिएको तनहुँ जलविद्युत् आयोजना वातावरण अधिकृत विशाल भट्टराईले जानकारी दिएका छन् ।

अधिकृत भट्टराईले अलर्ट साइरन वायरलेस र सोलारबाट चल्ने बताउदै प्याकेज–१ अन्तर्गत करिब ४० मिटर अस्थायी बाँध निर्माण सम्पन्न गरिसकिएको बताए । वर्षा भएकाले बीस वर्षमा आउनसक्ने सम्भावित बाढीलाई मध्यनजर गर्दै उक्त बाँध निर्माण गरिएको बतईएको छ ।

बाढी पहिराको समयमा अग्रीम सूचना दिनका लागि अलर्ट साइरन राखिएको आयोजना प्रवर्द्धक तनहुँ हाइड्रोपावरका प्रबन्ध–सञ्चालक किरणकुमार श्रेष्ठले जानकारी दिएका छन् । उक्त आयोजनामा सोङ्ग दा कर्पोरेसन, भियतनाम–कालिका कन्सट्रक्सन, नेपाल जेभीले गरिरहेको छ ।