
विश्वकै अग्लो सगरमाथाको २९ औं पटक सफल आरोहण गर्दै आरोही कामीरिता शेर्पाले आफ्नै रेकर्ड तोडेका छन् । शेर्पाले आईतबार बिहान ७:२५ बजे सगरमाथाको २९औँ पटक सफल आरोहण गर्दै यसअघि आफ्नो नाममा रहेको रेकर्ड तोडेका हुन् ।
आरोही शेर्पाले सन् १९९२ बाट हिमाल आरोहण गर्न शुरु गरेको र अहिलेसम्म सगरमाथासँगै विश्वकै दोस्रो अग्लो हिमाल के टू, चोयू, ल्होत्से र मकालुलगायतका हिमाल आरोहण गरिसकेका छन् । उनले यसअघि सन् २०२३ मा २८औँ पटक सगरमाथाको सफल आरोहण गरेका थिए ।
पहिलो पटक सन् १९९४ मे १३ मा सगरमाथाको चुचुरोमा पुगेका कामीरिता शेर्पाको नाममा ८ हजार मिटर अग्ला शिखरमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान रहेको छ ।


