Advertisement Banner
Advertisement Banner

०६ मंगलबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

चक्कु प्रहार गरी एक युवकको हत्या

३० आइतबार , बैशाख २०८१५ महिना अगाडि

चक्कु प्रहार गरी एक युवकको हत्या

शनिवार साँझ काठमाडौँको बत्तीसपुतलीमा चक्कु प्रहार गरी एक युवकको हत्या भएको छ । घटनामा मोरङ घर भइ हाल गौशाला बस्दै आएका २४ वर्षीय शम्भु धिमालको हत्या भएको प्रहरीले जनाएको छ ।

शनिवार साँझ पौने ८ बजेतिर बत्तीसपुतलीको बीच सडकमै धिमालमाथि तीनरचार जनाको समूहले धारिलो हतियार प्रहार गरेको बताईएको छ । उक्त घटनामा घाइते भएका धिमाललाई प्रहरीले तत्कालै उद्धार गरी सिनामंगलस्थित केएमसी अस्पताल पुर्‍याएको थियो ।

छाती र ढाडमा गहिरो चोट लागेका धिमालको उपचारको क्रममा बेलुकी ८:४० बजे अस्पतालमै निधन भएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दिनेशराज मैनालीले जानकारी दिएका छन् ।

प्रहरीले घटनामा संलग्न भएको आशंकामा ४ जनालाई नियन्त्रणमा लिएको बताएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको र हत्यामा उनीहरुको संलग्नताको विषय पुष्टि नभइसकेकोले नाम खुलाउन नमिलेको बताउदै प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।