Advertisement Banner
Advertisement Banner

०६ मंगलबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

रसुवागढी नाकामा पर्यटकको चहलपहल बढ्यो

३० आइतबार , बैशाख २०८१५ महिना अगाडि

रसुवागढी नाकामा पर्यटकको चहलपहल बढ्यो

रसुवागढी नाका हुँदै चीनको आधार इलाकामा पर्ने मानसरोवर कैलाश तीर्थ र ल्हासा क्षेत्र घुम्न जाने यात्रु तथा पर्यटकको चहलपहल बढ्न थालेको छ । ल्हासा घुम्न हिँडेका पर्यटक हेलिकप्टरमा र मानसरोवर जाने तीर्थयात्रुहरू बसमा रसुवागढी पुग्न थालेपछि त्यहाको चहलपहल बढ्न थालेको हो ।

रसुवागढी नाकामा यात्रु तथा पर्यटकको चहलपहल शुरु भएसंगै मान सरोवरको यात्रा सुरुआतले स्थानीयको व्यापार–व्यवसायमा समेत वृद्वि शुरु भएको छ । हाल टिमुरेको घट्टेखोलामा रहेको अध्यागमन कार्यालयमा भिसाको अभिलेख राख्नका लागि घुइँचो लाग्न थालेपछि घट्टेखोलाबाट रसुवागढी मितेरी पुलसम्मको करिब एक किलोमिटर क्षेत्रमा चहलपहल बढेको बताईएको छ ।

मानसरोवर यात्राका लागि २५ जना नेपाली त्यसतर्फ प्रस्थान गरिसकेका र ल्हासाको अवलोकन भ्रमणका लागि पाँच सय विदेशी पर्यटक भिसामार्फत रसुवागढी नाकाबाट चीन प्रस्थान गरिसकेका रसुवागढी अध्यागमन कार्यालयका कार्यालय प्रमुख मुरारी निरौलाले जानकारी दिएका छन् ।

अध्यागमन कार्यालयका निरौलाका अनुसार अहिले ल्हासा भ्रमण गर्न जानेहरूमा भूटान, रसिया, युक्रेन, सर्विया, फेन्स, अमेरिकालगायत विभिन्न देशका नागरिक रहेका छन् । अध्यागमन कार्यालयका अनुसार पर्यटकलाई हेलिअल्ट्रिच्युट तथा डानेष्ट्रीलगायत कम्पनीका हेलिकप्टरले रसुवागढीस्थित घट्टेखोला पुर्‍याएको बताईएको छ ।

उक्त नाकामा धार्मिक तथा घुम्ने पर्यटकको यात्रा सहज पार्न भिसा प्राप्त यात्रु तथा पर्यटकलाई तत्काल अध्यागमन कार्यालयले गर्नुपर्ने सबै प्रक्रिया पूरा गरी अनुमति दिने गरेको छ । वसन्तऋतुको मध्यदेखि सुरु भएको मानसरोवर तीर्थयात्रा भने शरदऋतुको मध्यसम्म सञ्चालन हुने र भक्तजनको ओहोरदोहोर भइरहने बताईएको छ ।