Advertisement Banner
Advertisement Banner

१२ मंगलबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

रातो मत्स्येन्द्रनाथको रथयात्रा शुरु

३० आइतबार , बैशाख २०८१२ बर्ष अगाडि

रातो मत्स्येन्द्रनाथको रथयात्रा शुरु

शनिवारदेखि रातो मत्स्येन्द्रनाथको रथयात्रा शुरु भएएको छ । वर्षा र सहकालका देवताका रुपमा मानिने रातो मत्स्येन्द्रनाथको रथयात्रा शनिवारदेखि शुरु गरिएको हो ।

ललितपुरको पुलचोकमा निर्माण गरिएको रातो मत्स्येन्द्रनाथको रथलाई शनिवार बाजागाजासहित गःबहाल पुर्‍याईएको छ  । वैशाख १२ गतेबाट बनाउन सुरु गरिएको रथ निर्माण सकिएपछि वैशाख २७ गते मत्स्येन्द्रनाथलाई रथारोहण गराइएको थियो ।

रातो मत्स्येन्द्रनाथको रथलाई पाटनका सबै टोल घुमाएपछि असार शुक्ल चौथीमा जावलाखेल पुर्‍याएर भोटो देखाई अन्त्य गरिने प्रचलन रहेको छ । यस रातो मत्स्येन्द्रनाथको रथ यात्रा करिब १६०० वर्षभन्दा पुरानो र उपत्यकाकै लामो रथ यात्राको रुपमा मनाईदै आईएको छ ।

परापूर्व कालमा नगरबासीलाई श्री पद्मपाणी अवलोकितेश्वर समेत भनिने रातो मत्स्येन्द्रनाथको दर्शन गराउन र ललितपुर नगरको भ्रमण गराउन मत्स्येन्द्रनाथको रथयात्रा आरम्भ भएको धार्मिक विश्वास समेत रहेको छ ।