Advertisement Banner
Advertisement Banner

१२ मंगलबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

ईपीएसको दोस्रो चरणको सीप परीक्षणको नतिजा सार्वजनिक

२८ शुक्रबार , बैशाख २०८१२ बर्ष अगाडि

ईपीएसको दोस्रो चरणको सीप परीक्षणको नतिजा सार्वजनिक

रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गत वैशाख ९ देखि १५ गतेसम्म सञ्चालित दोस्रो चरणको सीप परीक्षणको नतिजा सार्वजनिक भएको छ । आज उत्पादनमूलकतर्फको दोस्रो चरणको सीप परीक्षणको नतिजा सार्वजनिक भएको हो ।

ईपीएस कोरिया शाखाले दोस्रो चरणको सीप परीक्षाका लागि छनोट भएका ६ हजार ३ सय २१ मध्येमा ५ हजार ७ सय ५३ जना पास भएको जनाएको छ । शाखाका अनुसार दोस्रो चरणका लागि छनोट भएका ६ हजार ३ सय २१ मध्ये ४ सय ९८ जना फेल भएको र ७० जना परीक्षामै उपस्थित नभएका बताएको छ ।

२०८० फागुन ७ देखि चैत २४ गतेसम्म लिइएको पहिलो चरणको भाषा परीक्षामा ४० हजार ५ सय ८० जना सहभागी भएका मध्ये ६ हजार ३ सय २१ जना उत्तीर्ण भएर स्किल टेस्टका लागि छनोट भएका थिए । ती परीक्षार्थीको दोस्रो चरणको सीप परीक्षण नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान जावलाखेलमा भएको थियो ।