Advertisement Banner
Advertisement Banner

०६ मंगलबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

चितवन राष्ट्रिय निकुञ्ज वरपर २१ वटा गैँडा मरे

२८ शुक्रबार , बैशाख २०८१५ महिना अगाडि

चितवन राष्ट्रिय निकुञ्ज वरपर २१ वटा गैँडा मरे

चालु आर्थिक वर्षको १० महिनामा चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा २१ वटा गैँडा मरेका छन् । चोरी शिकार गर्नेले २ र विविध कारणले १९ गरि २१ गैँडा मरेका हुन् ।

निकुन्ज वरपर मृत भेटिएका गैँडामध्ये ७ भाले, ७ पोथी र पहिचान नभएका ७ वटा रहेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिएका छन् । उक्त क्षेत्रमा दलदलमा फसेर, आपसमा जुधेर, बुढो भएर, बाघको आक्रमणबाट, चोरी सिकारी गर्नेबाट, मानवीय गतिविधि र करेन्ट लागेर गैँडा मर्ने गरेका छन् ।

गैँडाको संख्या बढेपछि बासस्थानका कारण गैँडा मर्ने क्रम बढेको सूचना अधिकारी तिवारीले बताए । यसका लागि निकुञ्जले नयाँ सिमसार क्षेत्रको व्यवस्थापन, पुरानाको मर्मत र घाँसेमैदान व्यवस्थापन गरिरहेको पनि उनले जानकारी दिएका छन् ।

यसअघि गत आर्थिक वर्षमा  १३ भाले, ७ पोथी र १ पहिचान हुन नसकेको गैँडा मरेको थियो । अहिले चितवन राष्ट्रिय निकुञ्जमा ६ सय ९४ गैँडा रहेको बताईएको छ । दुर्लभ एकसिङ्गे गैँडाका लागि उपयुक्त बासस्थान मानिएको चितवन राष्ट्रिय निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको सङ्ख्या धेरै भएपछि निकुञ्जले केही गैँडा आन्तरिक स्थानान्तरण गरेर पूर्वी क्षेत्रमा लगेको बताईएको छ ।