Advertisement Banner
Advertisement Banner

०६ मंगलबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

रातो मच्छिन्द्रनाथलाई रथारोहण गरियो

२८ शुक्रबार , बैशाख २०८१५ महिना अगाडि

रातो मच्छिन्द्रनाथलाई रथारोहण गरियो

वर्षा र सहकालका देवताको रुपमा मानिने रातो मच्छिन्द्रनाथलाई रथारोहण गरिएको छ । रातो मच्छिन्द्रनाथ देवतालाई पाटन मच्छिन्द्र बहालबाट खटमा राखी पुल्चोकस्थित रथमा पुराएर रथारोहण गरिएको हो ।

प्रत्येक वर्ष वैशाख शुक्ल पक्ष प्रतिपदाको दिन साइत निकाली मच्छिन्द्रनाथलाई रथमा रथारोहण गर्ने प्रचलन अनुसार रातो मच्छिन्द्रनाथ देवतालाई रथारोहण गरिएको छ । यहि वैशाख २९ गते रथ तानेर जात्रा मनाउने साइत रहेको बताईएको छ ।

रातो मछिन्द्रनाथको ३२ हात अग्लो रथ ललितपुरको पुलचोकमा निर्माण गरिएको छ । उक्त जात्राको अन्तिम दिनमा राष्ट्राध्यक्षको उपस्थितिमा भोटो देखाउने प्रचलन रहेको छ ।

भोटो देखाएकै दिन मच्छिन्द्रनाथलाई रथबाट निकाली बुगंमती अवस्थित मन्दिरमा लगेर प्रतिस्थापन गरेपछि जात्रा सम्पन्न हुनेछ । साथै,रातो मच्छिन्द्रनाथलाई ६ महिना पाटन र ६ महिना बुङमती राखिने प्रचलन रहेको  छ ।