Advertisement Banner
Advertisement Banner

१२ मंगलबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

उपत्यकाका विभिन्न स्थानमा विद्युत् अवरुद्ध हुने

२८ शुक्रबार , बैशाख २०८१२ बर्ष अगाडि

उपत्यकाका विभिन्न स्थानमा विद्युत् अवरुद्ध हुने

काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा विद्युत् अवरुद्ध हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले उपत्यकाका विभिन्न स्थानमा नयाँ कन्डक्टर तार जडान गर्न लागेकोले विद्युत् अवरुद्ध हुने भएको हो ।

नेपाल विद्युत् प्राधिकरणले आयोजना व्यवस्थापन निर्देशनालय अन्तर्गत सञ्चालित १३२ केभी प्रसारण कन्डक्टर अपग्रेडिङ्ग आयोजनाले स्युचाटार सवस्टेशनदेखि मातातीर्थ सवस्टेशनसम्म रहेको १३२ केभी भोल्टेज स्तरको प्रसारण लाईनको पुरानो तारलाई हटाएर नयाँ तार जडान गर्न लागिएको हो ।

उक्त कामका लागि बैशाख २९ र ३१ गते हसनटार फिडर, खड्का गाउँ फिडर र थानकोट फिडरमा विद्युत् अवरुद्ध हुने प्राधिकरणले जनाएको छ । त्यसैगरी जेठ २ र ४ गते थानकोट फिडरसँगै बलम्बु फिडरमा पनि विद्युत् अवरुद्ध हुने सूचनामा उल्लेख गरिएको छ ।

उक्त स्थानमा तोकिएको गतेका दिनमा बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म विद्युत् अवरुद्ध हुने जनाईएको छ ।