Advertisement Banner
Advertisement Banner

१२ मंगलबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

देशभरको मौसम आंशिकदेखि साधारणतया बदली

२८ शुक्रबार , बैशाख २०८१२ बर्ष अगाडि

देशभरको मौसम आंशिकदेखि साधारणतया बदली

पश्चिमी वायु, स्थानीय वायु र भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको कारण नेपालको मौसममा प्रभाव रहेको छ । उक्त प्रभावको कारण देशभरको मौसम आंशिकदेखि साधारणतया बदली भएको हो ।  

अहिले देशभर आंशिकदेखि साधारणतया बदलीसंगै कोशी, बागमती र गण्डकी प्रदेशको थोरै स्थानमा मेघगर्जन/चट्याङ, हावाहुरीसहित हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो कोशी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली हुने र बाँकी भू–भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । त्यस्तै कोशी र बागमती प्रदेशलगायत देशको पहाडी भू–भागको थोरै स्थानहरूमा मेघगर्जन सहित चट्याङ र हावाहुरीसंगै हल्का वर्षाको सम्भावना रहेको छ ।

त्यसैगरी उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको र राति कोशी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने बताईएको छ । पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन सहित चट्याङ र हावाहुरीसंगै हल्का वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।