Advertisement Banner
Advertisement Banner

०६ मंगलबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

सहमति कार्यान्वयन गर्न माग गर्दै भद्रकालीमा प्रदर्शन

२७ बिहिबार , बैशाख २०८१५ महिना अगाडि

सहमति कार्यान्वयन गर्न माग गर्दै भद्रकालीमा प्रदर्शन

अपांगता भएका व्यक्तिहरुले सरकारसँग विगतमा भएको सहमति कार्यान्वयन गर्न माग गर्दै भद्रकालीमा प्रदर्शन गरेका छन् । यसअघि चैत १२ गते भएको सहमति अनुसारको सामुदायिक सहायता सेवा सुरुवात नभएको भन्दै उनीहरुले बिरोध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीले तनहुँको म्याग्दे गाउँपालिका-७ का दिपक भण्डारी धर्नामा बसेको बेला महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका प्रतिनिधिसँग भएको सहमति कार्यान्वयन गर्न माग गरेको बताईएको छ ।

सामुदायिक सहायता सेवा २०८१ वैशाख १ गतेदेखि सुरुवात गर्ने सहमति भएको थियो । त्यसको कार्यान्वयनका लागि आवश्यक मापदण्ड र कार्यक्रम बनाउन मन्त्रालयका सहसचिव रामकृष्ण लामिछानेको संयोजकत्वमा ३ सदस्यीय समितिसमेत गठन गरिएको थियो । जसको सदस्यमा राष्ट्रिय अपांग महासंघ नेपालका वरिष्ठ उपाध्यक्ष रामबहादुर कार्की र तनहुँ म्याग्देका दिपक भण्डारी थिए ।

यसअघिको कार्यक्रम र मापदण्डको मस्यौदा प्रतिवेदन दुई हप्ताभित्र तयार गरी कार्यान्वयनमा लैजाने सहमति भए पनि हालसम्म उक्त सहमति कार्यान्वयन नभएपछी अपांगता भएका व्यक्तिहरुले प्रदर्शन गरेका हुन् । ह्वीलचेयरमा भेला भएका अपांगता भएका व्यक्तिहरुको प्रदर्शनले भद्रकाली क्षेत्रमा सवारी आवागमन प्रभावित भएको र अहिले प्रदर्शन सकिएलगत्तै सवारी आवागमन सामान्य भएको बताईएको छ ।