Advertisement Banner
Advertisement Banner

०६ मंगलबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

नदीको बहाव बढेपछि ट्र्याक्टरसहित मजदुर थुनिए

२७ बिहिबार , बैशाख २०८१५ महिना अगाडि

नदीको बहाव बढेपछि ट्र्याक्टरसहित मजदुर थुनिए

महाकाली नदीमा नदीको बहाव बढेपछि नदीजन्य पदार्थ संकलन गर्न गएका १४ वटा ट्र्याक्टर र मजदुरहरु थुनिएका छन् । हिजो साँझ महाकाली नदीमा पानीको बहाव बढेपछि बालुवा, गिट्टी र ढुंगा लिन महाकाली टापु पुगेका १४ ट्र्याक्टरसहित २८ जना चालक र मजदुर टापुमा थुनिएका हुन् ।  

हिजो साँझ महाकाली नदीमा पानीको बहाव बढेपछि १४ ट्र्याक्टरसहित मजदुरहरु फसेको इलाका प्रहरी कार्यालय गड्डाचौकीले जनाएको छ । प्रहरीका अनुसार महाकालीको बीच टापुमा करिब अढाइ–तीन सय स्थानीय नदीजन्य वस्तु संकलनका बेला त्यही टहरा बनाएर बस्ने गरेको बताईएको छ ।

उक्त क्षेत्रमा अहिले ट्र्याक्टर र मजदुर बसिरहेको र कुनै जोखिम नभएको प्रहरीको भनाई छ । फसेकाको उद्धारका लागि पहल गरिएको र उनीहरु टापुमै बसिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।