Advertisement Banner
Advertisement Banner

०६ मंगलबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

हातहतियारको नवीकरण नगरे कारबाही गर्ने चेतावनी

२७ बिहिबार , बैशाख २०८१५ महिना अगाडि

हातहतियारको नवीकरण नगरे कारबाही गर्ने चेतावनी

इजाजत पत्र लिएका हातहतियारको नवीकरण गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौँले निर्देशन दिएको छ । जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै हतियारसहित स्वयम् उपस्थित भएर नवीकरण गर्न निर्देशन दिएको हो ।

जिल्ला प्रशासनबाट हातहतियार राख्न इजाजत पत्र लिएका व्यक्ति, संस्थाहरूले प्रत्येक वर्षमा नवीकरण गर्नुपर्ने व्यवस्था भएपनि कतिपय व्यक्ति, संस्थाले नवीकरण नगराएकोले नवीकरण गर्न निर्देशन दिएको बताईएको छ ।

प्रशासन कार्यालयले कानुनबमोजिम हातहतियार नवीकरण नगरे हतियार अबिलम्ब प्रशासनलाई बुझाउन आग्रह गरेको छ । सूचनाअनुसार तोकिएको समयमा हतियार नबुझाउनेलाई कानूनबमोजिम कारबाही गर्ने चेतावनी समेत दिइएको छ । साथै, सूचनामा विभिन्न मितिमा हातहतियार राख्न इजाजतपत्र पाएका व्यक्ति तथा संस्थालाई ३५ दिनभित्र नियमानुसार नवीकरण गर्न पनि आग्रह गरिएको छ ।