Advertisement Banner
Advertisement Banner

१२ मंगलबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

दुई दर्जन निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने चेतावनी

२७ बिहिबार , बैशाख २०८१२ बर्ष अगाडि

दुई दर्जन निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने चेतावनी

सार्वजनिक खरिद अनुगमन कार्यालयले झन्डै दुई दर्जन निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने चेतावनी दिएको छ । निर्माण कम्पनीहरुको कार्यसम्पादन चित्तबुझ्दो नभएको भन्दै २३ वटा निर्माण कम्पनीलाई ७ दिने लिखित स्पष्टीकरण सहित कालोसूचीमा राख्ने चेतावनी दिएको हो ।

खरिद अनुगमन कार्यालयले यसअघि कालोसूचीमा राख्न नपर्ने आधारहरू भए ३० दिनभित्र जवाफ पेश गर्न भनिएपनि त्यसको कुनै प्रतिक्रिया नआएपछि कालोसूचीमा राख्ने प्रक्रियाका लागि अन्तिम पटक स्पष्टीकरण सोधिएको जनाएको छ । कार्यालयले कालोसूचीमा राख्न प्रक्रिया सुरु गरेकामध्ये सुमन न्यौपानेको चन्द्रसूर्य निर्माण सेवालाई दोहोरो स्पष्टीकरण सोधिएको बताईएको छ ।

काठमाडौं बुद्धनगरमा रहेको उक्त निर्माण कम्पनीलाई प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गतको सार्वजनिक निर्माण कार्यान्वयन इकाई भैंसेपाटी र गजुरी, धाडिङले गरेको सिफारिसका आधारमा चन्द्रसूर्यलाई कालोसूचीमा राख्न स्पष्टिकरण सोधिएको अनुगमन कार्यालयले जनाएको छ ।