
एक सातादेखि सम्पर्क विहीन भएकी स्नेहा लामिछाने बुधबार साँझ पशुपति क्षेत्रमा भेटिएकी छन् । सम्पर्क विहीन हुनुअघि अन्तिम पटक सिसीटिभी रेकर्डअनुसार कलङ्की भाटभटेनी नजिकै देखिएकि लामिछाने बुधबार साँझ पशुपति क्षेत्रमा भेटिएकी हुन् ।
स्नेहालाई पशुपति मन्दिरको आरतीस्थलमा फेला पारिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिएका छन् । उनी हराउनुका कारण पत्ता लागि नसकेको र अनुसन्धान जारी रहेको बताईएको छ ।
स्नेहाको घर चितवनको कालिका नगरपालिका–६ जमुनापुर भए पनि लामो समयदेखि कलङ्कीस्थित मामाघरमा बसेर इञ्जिनियरिङ पढ्दै आएकी थिइन् । उनी वैशाख १९ गतेदेखि हराइरहेकी थिइन् । प्रहरी उपरीक्षक अधिकारीका अनुसार भेटिएकी स्नेहा विक्षिप्त अवस्थामा रहेको र ‘काउन्सिलिङ’ गरेपछि मात्रै सबै कुरा जानकारी लिने काम हुनेछ ।
यसअघि उनि परीक्षा आउन लागेको र परीक्षाको तयारीका लागि पुस्तकालयबाट पुस्तक लिन निस्किएकी उनले पछि फोन गरेर घर आउन लागेको बताएपछि सम्पर्कविहीन भएको उनको परिवारले बताएका छन् ।


