
इलाम सुर्योदय नगरपालिकाको ३ वटा वडामा स्कुस शुरु गरिएको छ । १ हजार ५ सय जना कृषकको प्रत्यक्ष सहभागीतामा स्कुस खेती शुरु गरिएको हो ।
उक्त नगरपालिकामा हाल सिजनमा दैनिक २ लाख किलो बेमौसमी स्कुसको उत्पादन हुने गरेको र उक्त उत्पादित स्कुस भारत निर्यात हुने गरेको बताईएको छ । उक्त स्कुस खेतीबाट बार्षिक रुपमा झण्डै ७० करोड रकम नेपाल भित्रिने गरेको छ ।
नेपालमा बेमौसमी स्कुस खेतिको ठूलो सम्भावना देखेर अहिले बेमौसमी स्कुस खेति शुरु गरेको कृषि अभियन्ता जिवनप्रकाश राईले बताए । उनले गत साल धनकुटामा बेमौसमी स्कुस हजारेकाे बीउ ईलामकाे कजेनीबाट ल्याई अभियान चलाएको र याे उत्साहजनक रुपमा सफल हुदै गएको बताएका छन् ।
उनले धनकुटामा उक्त अभियान अझ अघि बढाउन थप वडा र पालिकाहरुले यस आर्थिक वर्षको बजेटमा यसकाे लागि कार्यक्रम राख्दा धेरै राम्रो हुने बताउदै उत्पादन बृद्वि गरेर राम्रो आम्दानि लिन सकिने धारणा राखेका छन् । बेमौसमी स्कुस मात्र नभई देशभर हरेक खालका बेमौसमी तरकारी उत्पादन गर्न सके अरबौं रकम आम्दानी गर्न सकिने पनि अभियन्ता राईको भनाई छ ।


