Advertisement Banner
Advertisement Banner

०६ मंगलबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

सुनकोशी मरिन डाइभर्सनको काम समयमै सम्पन्न गर्न निर्देशन

२६ बुधबार , बैशाख २०८१५ महिना अगाडि

सुनकोशी मरिन डाइभर्सनको काम समयमै सम्पन्न गर्न निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँकी काम समयमै सम्पन्न गर्न निर्देशन दिएका छन् । आयोजनास्थल अनुगमनका क्रममा सुनकोशी गाउँपालिकामा सम्बन्धित पक्षसँग जानकारी लिँदै उक्त निर्देशन दिएका हुन् ।

आयोजनास्थल अनुगमनका गर्दै प्रधानमन्त्री प्रचण्डले आयोजनामा आउनसक्ने समस्याको पहिचान गरेर त्यसलाई समयमै समाधान गर्न आवश्यक रहेको बताए । उनले समयमै समस्याको पहिचान गरी समाधान गर्दै जाने सोच,कार्ययोजना र पूर्वतयारीको व्यवस्था गर्न समेत निर्देशन दिएका छन् ।

उनले आयोजना समयमै सम्पन्न गरी लगानीको प्रतिफल पनि समयमै प्राप्त गर्नेगरी काम गर्न उनले आग्रह गरेका छन् । प्रधानमन्त्री प्रचण्डले आयोजनामा राम्रो काम गर्ने कर्मचारीको अभिलेख व्यवस्थित गरी दण्ड र पुरस्कारको ठोस कार्ययोजना निर्माण गर्नसमेत आयोजना प्रमुखलाई निर्देशन दिएका छन् ।