Advertisement Banner
Advertisement Banner

१२ मंगलबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

आज मौसम बदलीसंगै हल्का देखि मध्यम वर्षा हुने

२६ बुधबार , बैशाख २०८१२ बर्ष अगाडि

आज मौसम बदलीसंगै हल्का देखि मध्यम वर्षा हुने

पश्चिमी वायु, स्थानीय वायु तथा भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको कारण नेपालको मौसम बदलीसंगै हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । हाल देशभर मौसम बदलीसंगै मधेश प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका थोरै स्थानहरूमा तथा गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने र देशको पहाडी भु-भागको केही स्थानहरूमा मेघगर्जन सहित चट्याङ्ग र हावाहुरीका साथै मध्यम वर्षाको सम्भावना रहेको छ । त्यस्तै तराईका एक-दूई स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दिउँसो देशका उच्च पहाडी तथा हिमाली भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको र राति देशभर आंशिक देखि साधारणतया बदली रहने छ । कोशी प्रदेश,मधेश प्रदेश,  बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका  थोरै स्थानहरूमा आंशिक देखि साधारणतया बदली हुने महाशाखाले जनाएको छ ।

त्यस्तै महाशाखाका अनुसार बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन सहित चट्याङ्ग र हावाहुरी आउनुका साथै मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना समेत रहेको महाशाखाको भनाई रहेको छ ।