Advertisement Banner
Advertisement Banner

१४ बिहिबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

आमाहरुको जिवित छँदै सेवा गरौं

२६ बुधबार , बैशाख २०८१२ बर्ष अगाडि

आमाहरुको जिवित छँदै सेवा गरौं

२६ बैशाख । २०८१ मातातीर्थ औंसीका दिन नमस्ते स्वास्थय अभियानको आयोजनामा बिहानै आमाहरूको सम्मान गरिएको छ।
कार्यक्रममा घोराही १८ दाङ गिठेपानी फुर्शेखालीमा श्री आधारभूत विद्यालय गिठेपानीको बाहिर सम्पन्न भयो। कार्यक्रमका अध्यक्षता श्री मात्रिका प्रसाद पाण्डेले गर्नुभयो। मुख्य अतिथी श्री सुरेशकुमार पाण्डे  श्री देवी पाण्डे, पार्वता स्मृती साहित्य पर्तिष्ठानका संस्थापकू हुनुहुन्थ्यो।

उपस्थित जनमानसलाई श्री केशर वहादुर रावतले स्वागत  गर्नुभयो। आफ्नो स्वागतमा आफ्नो मुख्य उदेश्य स्वास्थ हुनुहो भन्नुभयो। समाजमा सबैखाले बिक्रितीहरूको बिरोध गर्ने बताउँनुभयो। कार्यक्रममा नमस्ते स्वास्थय अभियानका अधक्ष तथा बाह्र वाडका सदस्य श्री मात्रिका प्रसाद पाण्डेले नमस्ते स्वास्थय अभियानको तर्फबाट आमाहरूलाई मिठाई तथा फलफूल बितरण गर्नुभयो।

असि वर्ष पुरा भएका एघार जना वृद्धा आमाहरूलाई श्री सुरेशकुमार पाण्डे र श्रीमती देवा पाण्डे द्वारा  आमा पार्वताको सम्झनामा पार्वता स्मृती साहित्य प्रतिष्ठानू को तर्फबाट सल (लोही) ओढाएर आमाहरूलाई सम्मान गरियो।

सो अवसरमा आमाहरूको सम्मान उनिहरू जीवित छंदै गर्नुपर्छ। मरेर गरिने दान पुन्य भन्दा जीवित छँदै औषधी उपचार र सबै छोरा बुहारीहरूले मिठो बोल्ने र सम्मान दिनुपर्छ। सबै छोरी जात बुहारी र आमा सासु बन्ने नै हो। भन्दै छोरी बुहारीमा समानता हुनुपर्छ र कुरितीको बिरोध गर्नुपर्छ भन्नुभयो।

कार्यक्रममा श्रीमति डेमा पाण्डेद्वारा गीत, र श्रीमति अम्बिका भट्टराई द्वारा आमा सम्बन्धी मुक्तकहरू पनि वाचन गर्नुभयो । साथै सबै आमाहरू सयुंक्त रूपमा नाच्नु भयो।

अन्तमा सभा अधक्षद्वारा आगामी कार्यक्रमको घोषणा सहित कार्यक्रम समापन गरिएको थियो।