Advertisement Banner
Advertisement Banner

०६ मंगलबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

मातातीर्थ मेलाको सम्पूर्ण तयारी पुरा

२५ मंगलबार , बैशाख २०८१६ महिना अगाडि

मातातीर्थ मेलाको सम्पूर्ण तयारी पुरा

हरेक वर्ष झैं यसवर्ष पनि आमाको मुख हेर्ने औँसीका दिन मातातीर्थ मन्दिरमा लाग्ने मेलाको सम्पूर्ण तयारी पुरा भएको छ । मेलाको तयारि पुरा भएको मातातीर्थ संरक्षण तथा विकास संस्थाका अध्यक्ष शान्त उदासले बताए ।

मेलाका लागि मूल समिति, बजार व्यवस्थापन उपसमिति, स्वास्थ्य उपसमिति, पार्किङ व्यवस्थापन उपसमिति, ज्येष्ठ नागरिक दर्शन उपसमिति गठन गरी काम गरिएको अध्यक्ष उदासको भनाई छ । उक्त मेलामा औँसीका दिन साँझ बत्ती बाल्ने र बत्ती बालेको भोलिपल्ट औँसीका दिन आमाको मुख हेर्ने तथा स्नान गर्ने परम्परा छ ।

सांस्कृतिक, धार्मिक, ऐतिहासिक र पुरातात्त्विक महत्वको मातातीर्थ कुण्डमा पछिल्लो पटक श्राद्ध गर्नेको सङ्ख्या बढ्दै गएको छ । उक्त कुण्डमा प्रत्येक दिन आठदेखि १० जना श्राद्ध गर्नका लागि आउने गरेको पुजारीको भनाई रहेको छ । उक्त कुण्डमा दिवङ्गत आमाको सम्झनामा श्राद्ध तथा दान गर्ने गरिन्छ ।

यसरि मातातीर्थ कुण्डमा दर्शन गरेमा छोराछोरीले दिवङ्गत आमालाई तिर्नुपर्ने ऋणबाट मुक्त हुने धार्मिक विश्वास समेत गरिन्छ । त्यस्तै मातातीर्थ क्षेत्रको एकीकृत विकासका लागि फनपार्क, पिकनिक स्पट र कुण्डभन्दा आठ मिटरमाथि आमाको स्वर्गद्वारी निर्माणको काम समितिले अगाडि बढाएको छ ।