Advertisement Banner
Advertisement Banner

०६ मंगलबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

चट्याङ लागेर बालकको मृत्यु

२५ मंगलबार , बैशाख २०८१६ महिना अगाडि

चट्याङ लागेर बालकको मृत्यु

गएराति आएको हावाहुरीसंगैको चट्याङमा परि एक बालकको मृत्यु भएको छ । चट्याङमा परि अछामको रामारोशन गाउँपालिका–७ मेलकाटिया निवासी कमल भण्डारीका छ वर्षीय छोरा गौरवको मृत्यु मृत्यु भएको हो ।

सोमबार राति हुरीबताससँगै परेको चट्याङले उनको मृत्यु भएको स्थानीयले बताएका छन् । त्यस्तै चट्याङले डडेल्धुरामा एकै घरका तीन जना घाइते भएका छन् भने घर पूर्ण रूपमा नष्ट भएको छ ।

हिजो बेलुकिको चट्याङले अमरगढी नगरपालिका–३ कोटेउडाका देवराज पाण्डेय, उनकी श्रीमती चन्द्रावतीदेवी र छोरा दिपेश घाइते भएबताईएको छ । स्थानीयका अनुसार घाइते उनीहरूको अवस्था सामान्य रहेको छ ।