Advertisement Banner
Advertisement Banner

०६ मंगलबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

इच्छाकामनामा ‘कोल्ड ड्रिंक्स’ निषेध

२५ मंगलबार , बैशाख २०८१६ महिना अगाडि

इच्छाकामनामा ‘कोल्ड ड्रिंक्स’ निषेध

चितवन जिल्लाको इच्छाकामना गाउँपालिकाको कार्यालयमा ‘कोल्ड ड्रिंक्स’ निषेध गरेको छ । स्थानीय किसानको उत्पादन दही र मोहीलाई प्रोत्साहन गर्न गाउँपालिकाले उक्त निर्णय गरेको हो ।

गाउँपालिका कार्यालयमा आउने अतिथिलाई गर्मीको समयमा मोही र दहीले स्वागत गर्ने तथा गाउँपालिकामा हुने विभिन्न कार्यक्रममा पनि दही र मोहीको नै प्रयोग गर्न शुरु गरिएको बताईएको छ । पालिकाका किसानलाई फाइदा पुगोस् भनेर यस्तो व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले बताएका छन् ।

कोल्ड ड्रिंक्सभन्दा दही र मोही प्रयोग गर्नसके स्थानीय उत्पादनको प्रवर्द्धन गर्न सकिने हुँदा उक्त निर्णय गरिएको र स्वास्थ्यको दृष्टिकोणले पनि दही र मोही नै उपयुक्त हुने समेत अध्यक्ष गुरुङको भनाई रहेको छ । उनले गाउँपालिकाअन्तर्गतका वडा कार्यालयमा पनि सोही प्रकारको सर्कुलर गर्ने तयारी गरेको बताउदै पालिकाले जाडो मौसममा भने चियाको प्रयोग गर्ने जनाए ।

गाउँपालिकामा कार्यक्रम हुँदा १० लिटरसम्म मोही प्रयोग हुने गरेको बताउदै अध्यक्ष गुरुङले उक्त निर्णय गाउँपालिकाको पहिलो कार्यपालिका बैठकले गरेको र पालिका कार्यालयमा  चिसो पेय पदार्थ निषेध गरेको बताएका छन् ।