Advertisement Banner
Advertisement Banner

०६ मंगलबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

डेङ्गु सङ्क्रमित बढ्दै,बागमतीमा ११ हजार सङ्क्रमित

२४ सोमबार , बैशाख २०८१६ महिना अगाडि

डेङ्गु सङ्क्रमित बढ्दै,बागमतीमा ११ हजार सङ्क्रमित

गर्मि बढेसंगै बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्न थालेको छ । चालु आर्थिक वर्षको ९ महिमा बागमती प्रदेशमा मात्रै ११ हजारभन्दा बढी डेङ्गु सङ्क्रमित फेला परेका छन् ।

बागमती प्रदेशको स्वास्थ्य निर्देशनालयको अनुसार चालु आर्थिकको साउनदेखि वैशाखसम्म बागमती प्रदेशमा ११ हजार ४ सय ९ जना नयाँ डेङ्गु सङ्क्रमित फेला परेको जनाइएको छ । 

जसमध्ये सबैभन्दा बढी धादिङमा ३ हजार ५ सय एक र सबैभन्दा कम रसुवामा २ जना नयाँ डेङ्गु सङ्क्रमित भेटिएको स्वास्थ्य निर्देशनालयको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

त्यस्तै काठमाडौँमा ३ हजार, चितवनमा १ हजार ७ सय आठ, मकवानपुरमा ८ सय ५७, भक्तपुरमा ४ सय ९४, काभ्रेपलाञ्चोकमा १ सय ६७, नुवाकोटमा ८१, दोलखामा ७९, रामेछापमा २७, सिन्धुपालञ्चोकमा ३२ र सिन्धुलीमा २३ जना नयाँ डेङ्गु सङ्क्रमित फेला परेको बताईएको छ । डेङ्गु सङ्क्रमणबाट मकवानपुरमा एक जनाको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

स्वास्थ्य निर्देशक दीपकप्रसाद तिवारीले अहिले मुलुकभर गर्मी सुरु भएसँगै डेङ्गु सङ्क्रमित अझै बढ्न सक्ने हुँदा जनचेतनामूलक सन्देश प्रवाहसँगै डेङ्गु नियन्त्रण अभियान सुरु गर्न लागिएको बताएका छन् ।