Advertisement Banner
Advertisement Banner

०६ मंगलबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

नवौँ राष्ट्रिय पत्रकारिता दिवस मनाइँदै

२४ सोमबार , बैशाख २०८१६ महिना अगाडि

नवौँ राष्ट्रिय पत्रकारिता दिवस मनाइँदै

आज नवौँ राष्ट्रिय पत्रकारिता दिवस मनाइँदैछ । गोरखापत्र प्रकाशन प्रारम्भ भएको दिनको अवसरमा विभिन्न कार्यक्रम गरी नवौँ राष्ट्रिय पत्रकारिता दिवस मनाउन लागिएको हो ।

वि सं. १९५८ वैशाख २४ गते साप्ताहिकरूपमा गोरखापत्रको प्रकाशन शुरु भएको दिनको अवसरमा नवौँ राष्ट्रिय पत्रकारिता दिवस मनाउन लागिएको बताईएको छ । आजदेखि गोरखापत्र प्रकाशनले १२३ वर्ष पुरा गरेर १२४ लागेको उक्त अवसरमा पत्रकारिता दिवस मनाउन लागिएको हो ।

नेपालमा सरकारीस्तरबाट अखबार प्रकाशन शुरु भएको दिनको अवसर पारेर सरकारले २०७३ सालमा पत्रकारिता दिवस राष्ट्रियरुपमै मनाउन मान्यता दिएको थियो । सोहि अवसरको सम्मानमा वैशाख २४ गते राष्ट्रिय पत्रकारिता दिवस मनाउन थालिएको हो । गोरखापत्र संस्थानबाट विसं. २०२२ देखि अंग्रेजी दैनिक दि राइजिङ नेपाल, २०२५ देखि साहित्यिक मासिक मधुपर्क, २०४५ सालमा युवामञ्च र २०४७ मा मुना मासिक प्रकाशित हुँदै आएका छन् ।

आज राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा सञ्चार मन्त्रालय तथा गोरखापत्र संस्थानले विभिन्न कार्यक्रम आयोजना गरेको छ भने गोरखापत्रले आफ्ना पत्रकार तथा कर्मचारीलाई पुरस्कृत गर्ने तयारि समेत गरेको छ । राणा शासनकालमा श्री ३ देवशमशेरले जनतालार्ई ससूचित गराउने उद्देश्य राखेर स्थापना गराएको गोरखापत्र २०१७ साल फागुन ७ गतेदेखि दैनिक प्रकाशन हुँदै आएको छ ।