Advertisement Banner
Advertisement Banner

०६ मंगलबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

सरकारी कामकाजमा तामाङ र नेपाल भाषाको प्रयोग, आज सार्वजनिक बिदा

२४ सोमबार , बैशाख २०८१६ महिना अगाडि

सरकारी कामकाजमा तामाङ र नेपाल भाषाको प्रयोग, आज सार्वजनिक बिदा

आजदेखि बागमती प्रदेशमा तामाङ र नेपाल भाषा पनि सरकारी कामकाजको भाषाको रुपमा प्रयोगमा ल्याइएको छ । उक्त दुई भाषालाई पनि सरकारी कामकाजको भाषामा ल्याईएको खुसियालीमा बागमती प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

यसअघि २०८१ वैशाख १२ गते बसेको मन्त्रिपरिषद बैठकले नेपाली भाषा, तामाङ भाषा र नेपाल भाषामा सरकारी कार्यालयका बोर्ड लेख्नुपर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद बैठकले वैशाख २४ गतेदेखि सरकारी कामकाजको भाषा शुभारम्भ गर्ने निर्णय गरेसंगै आजदेखि तामाङ र नेपाल भाषा पनि सरकारी कामकाजको भाषाको रुपमा लागु गरिएको हो ।

बागमती प्रदेशको मन्त्रिपरिषद् बैठकले गरेको निर्णय अनुसार आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाडौंको वसन्तपुरबाट सरकारी कामकाजको भाषा शुभारम्भ गर्ने तयारी रहेको छ । त्यस्तै बागमती प्रदेश सरकारका आन्तरिक मामिलामन्त्री गंगानारायण श्रेष्ठले २४ वैशाखपछि बागमती प्रदेशभरका सरकारी कार्यालयको साइन बोर्डमा नेपाली भाषा, तामाङ भाषा र नेपाल भाषा प्रयोग गर्नुपर्ने बताएका छन्  ।