Advertisement Banner
Advertisement Banner

०५ शनिबार, जेठ २०८१17th April 2024, 11:33:48 am

क्रिकेटर लामिछानेको मुद्दामा सुनुवाइ हुँदै

२३ आइतबार , बैशाख २०८११३ दिन अगाडि

क्रिकेटर लामिछानेको मुद्दामा सुनुवाइ हुँदै

आज क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ हुँदैछ । वैशाख १० र १६ गत ‘हेर्न नभ्याइने’मा परेको उक्त मुद्दाको सुनुवाई आज हुन् लागेको हो ।

गत आइतबार अदालतले यो मुद्दालाई पहिलो प्राथमिकतामा राखेर सुनुवाइ गर्न आदेश दिएको थियो । यसअघि लामिछानेलाई काठमाडौं जिल्ला अदालतले गौशाला २६ लाई करणी गरेको अभियोगमा सजाय तोकेपछी लामिछाने  त्यसविरुद्ध सन्दीप उच्च अदालत पाटन गएका थिए ।

यता लामिछानेलाई न्यूनतम सजाय तोकेको भन्दै त्यसविरुद्ध सरकारी वकिलको कार्यालयले पनि पुरावेदन गरेको थियो । यसअघि तीनपटक पेसी तोकिएर पनि ‘फाइनल’ हुन नसकेको सो मुद्दाको  पेसीको सूची आज पहिलो नम्बरमै परेको छ ।

यता आज सुनुवाइ भएर लामिछानेले सफाइ पाए नेपालका तर्फबाट विश्वकपमा समेटिन सक्नेछन् । विश्वकप हेरफेर गर्ने डेडलाइन आउँदो २५ तारेखसम्म रहेकाले लामिछानेले सफाइ पाएर विश्वकपमा सहभागी हुने अपेक्षा नेपाली क्रिकेटप्रेमीहरुले राखेका छन् ।