Advertisement Banner
Advertisement Banner

०५ शनिबार, जेठ २०८१17th April 2024, 11:33:48 am

जेठ १३ गतेदेखि पोलियो रोगविरुद्धको खोप अभियान सञ्चालन

२३ आइतबार , बैशाख २०८११४ दिन अगाडि

जेठ १३ गतेदेखि पोलियो रोगविरुद्धको खोप अभियान सञ्चालन

आगामी जेठ १३ गतेदेखि पोलियो रोगविरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ । सरकारले बालबालिकालाई पोलियो रोगविरुद्धको खोप ‘आइपिभी’ अभियान सञ्चालन गर्ने भएको हो ।

जेठ १३ गतेदेखि सञ्चालन हुने पोलियो रोगविरुद्धको खोप ‘आइपिभी’ अभियानमा यसअघि खोप लगाउन छुटेका बालबालिकाले खोप लगाउन पाउनेछन् । पोलियो रोगबाट बचाउन देशभरिका करिब १४ लाख ६२ हजार बालबालिकालाई पोलियो रोगविरुद्धको खोप ‘आइपिभी’ लगाइने स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले जानकारी दिएका छन् ।

नेपालमा पोलियो रोगको सङ्क्रमण अझै देखिएकाले अभियान सञ्चालन गर्न लागिएको बताईएको छ । खोप अभियान अन्तर्गत वि.सं २०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका बालबालिकालाई उक्त खोप लगाउन कार्यक्रम रहेको छ । यसअघि सन् २०१६ देखि २०१८ को बीचमा उक्त ‘आइपिभी’ खोप उत्पादन हुन नसकेपछि ती उमेर समूहका बालबालिका खोप लगाउनबाट छुटेका थिए ।

अबको खोप अभियानका लागि ग्लोबल एलाएन्स फर भ्याक्सिन एण्ड इमुनाइजेसन (गाभी)ले ३२ करोड बराबरको खोप उपलब्ध गराएको विभागले जनाएको छ । नियमिततर्फ पोलियोविरुद्ध ६ हप्ता, १० हप्ता र १४ हप्ताका बालबालिकालाई मुखबाट थोपा तथा १४ हप्ता र नौ महिनासम्मका बालबालिकालाई खोप लगाइने छ । उक्त खोप अभियान दुई सातासम्म चल्ने छ भने सरकारले सन् २०२६ सम्म पोलियो उन्मूलन गर्ने लक्ष्य लिएको छ ।