Advertisement Banner
Advertisement Banner

०५ शनिबार, जेठ २०८१17th April 2024, 11:33:48 am

देशभर ४३६ स्थानमा डढेलो

२१ शुक्रबार , बैशाख २०८११५ दिन अगाडि

देशभर ४३६ स्थानमा डढेलो

गर्मि बढेसंगै मुकभारको ५३ जिल्लाका ४३६ स्थानमा डढेलो लागेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ५३ जिल्लाका ४३६ स्थानका वनमा डढेलो लागिएको छ ।

लामो समयसम्म पानी नपरेर हावा चलेका कारण डढेलो फैलिरहेको प्राधिकरणका डढेलोविद् सुन्दर शर्माले बताएका छन् । नेपालको भौगोलिक विकटताका कारण नियन्त्रणमा थप समस्या भएको र पानी नपरेर हावा हुरी चल्दा डढेलो फैलिएको उनको भनाई रहेको छ ।

अहिले डढेलोका कारण कैलाली, डोटी, सल्यान, दैलेख, पाल्पालगायतका जिल्ला बढी प्रभावित बनेका बताईएको छ । नेपालमा साधरणतया वर्षमा २ हजार ५ सयको हाराहारीमा डढेलाका घटना हुने गरेको प्राधिकरणका डढेलोविद् सुन्दर शर्माले बताएका छन् ।

डढेलाको घटनाहरु ८० प्रतिशत फागुनको मध्यदेखि जेठको मध्यसम्म ४ महिनामा हुने गर्छ । चैत र वैशाखमा मात्रै ६० प्रतिशत डढेलोको घटनाहरु हुने गरेको कारण अहिले मुलुक डढेलोको उच्च जोखिमको समयमा रहेको बताईएको छ ।

प्राधिकरणका अनुसार मध्य फागुनदेखि जेठको मध्यसम्म डढेलाका घटना हुने भएकाले यो समयमा सतर्कता अपनाउनुपर्ने छ ।