Advertisement Banner
Advertisement Banner

०५ शनिबार, जेठ २०८१17th April 2024, 11:33:48 am

ललितपुरको काल्चेमा सडक भत्किएपछि कान्तिलोकपथ बन्द

२१ शुक्रबार , बैशाख २०८११५ दिन अगाडि

ललितपुरको काल्चेमा सडक भत्किएपछि कान्तिलोकपथ बन्द

सडक मर्मतसम्भारका क्रममा ललितपुरको काल्चेमा सडक भत्किएपछि कान्तिलोकपथ बन्द भएको छ । सडक भत्किदा काल्चेबाट बगुवातर्फ एक किलोमिटर अगाडिको साँघुरो सडकको छेउमा लगाइएको जाली र ग्याविन वाल पूर्ण रूपमा क्षति भएपछी कान्तिलोकपथ बन्द भएको हो ।

मर्मतसम्भारका क्रममा सडक भत्किएपछि सडक बन्द गरिएको कान्तिलोकपथ विस्तार आयोजनाका इन्जिनियर रवीन्द्र महर्जनले जानकारी दिएका छन् । भित्ता कटिङका क्रममा खसेको ढुङ्गाले ग्याविन वालमा क्षति भएकाले सडकमा सवारीसाधन सञ्चालन हुनसक्ने अवस्था रहेको उनको भनाई छ ।

उक्त सडक खण्ड मर्मतसम्भारका लागि २०८० चैत १ गतेदेखि ४५ दिनका लागि बन्द गरिएकोमा वैशाख १५ गतेदेखि दिनमा तीन घण्टा मात्रै सवारीसाधन आवतजावतका लागि खुला गरिएको थियो । अहिले सडक भत्किएर सवारीसाधन सञ्चालन हुनसक्ने अवस्था रहेकाले अर्को सूचना नभएसम्म सडक बन्द रहने आयोजनाका इन्जिनियर महर्जनले जानकारी गराएका छन् ।