Advertisement Banner
Advertisement Banner

०५ शनिबार, जेठ २०८१17th April 2024, 11:33:48 am

महासंघको २७औँ अधिवेशनको प्रधानमन्त्रीद्धारा उद्घाटन

२१ शुक्रबार , बैशाख २०८११५ दिन अगाडि

महासंघको २७औँ अधिवेशनको प्रधानमन्त्रीद्धारा उद्घाटन

आजदेखि शुरु भएको नेपाल महासंघको २७औँ अधिवेशनको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका छन् । राष्ट्रिय सभागृहमा शुरु भएको दुई दिनसम्म चल्ने २७औँ अधिवेशनको प्रधानमन्त्री प्रचण्डले उद्घाटन गरेका हुन् ।

महासंघको अधिवेशनमा देशभरका विभिन्न शाखाका राष्ट्रिय परिषद् सदस्यहरू सहभागी रहेका छन् । आज बिहान विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा महासंघको अगुवाइमा प्रभातफेरी आयोजना गरेर त्यसको समापन पछी २७औँ अधिवेशन शुरु गरेको हो ।

बिहानको प्रभातफेरीमा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, पदाधिकारी, पूर्वअध्यक्ष, विभिन्न सञ्चारगृहमा आबद्ध पत्रकारहरूको सहभागिता रहेको थियो । प्रभातफेरीमा नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल, प्रेस सेन्टर नेपाल, समाजवादी प्रेस सङ्गठन नेपाललगायत संघसंगठनका पदाधिकारी तथा सदस्यहरूको समेत सहभागिता रहेको थियो ।