Advertisement Banner
Advertisement Banner

०५ शनिबार, जेठ २०८१17th April 2024, 11:33:48 am

गुल्मीमा नेपाल टेलिकमको टावरमा आगलागी

२१ शुक्रबार , बैशाख २०८११६ दिन अगाडि

गुल्मीमा नेपाल टेलिकमको टावरमा आगलागी

गुल्मीमा रहेको नेपाल टेलिकमको टावरमा आगलागी भएको छ । मालिका गाउँपालिका-५ छापा हिलेस्थित राष्ट्रिय सामुदायिक वनबाट सुरु भएको आगलागी समयमा नियन्त्रण नहुँदा टेलिकमको टावरमा समेत आगलागी भएको हो ।

सामुदायिक वनबाट सल्किएको आगोले टेलिकमको टावरमा समेत क्षति पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आगलागीबाट टेलिकमका उपकरणहरूमा क्षति पुगेको र आगोले टेलिकमको टावरमा भएका ७२ ओटा सोलार ब्याट्री, सोलार प्यानलका तार,विद्युतीय मिटर बक्स र केबुलका तारहरू जलेको बताईएको छ ।

उक्त आगलागीबाट विभिन्न स्थानमा आठ घरगोठ जलेर नष्ट भएको छ । त्यस्तै छत्रकोट गाउँपालिका-६ मोहरेको जंगलमा लागेको आगो बस्तीमा पसेपछि स्थानीय कमल ज्ञवालीको टिनले छाएको दुईतले घरगोठ, एउटा भैँसी र ६ बाख्रा जलेका जिल्ला प्रहरी कार्यालयको भनाई छ ।

आगलागीबाट मोहनबहादुर सुनारको दुईतले घरगोठ र रमेश ज्ञवालीको गोठ जलेर नष्ट भएको छ । त्यस्तै, इस्मा गाउँपालिका-३ दर्मामचौरमा आगलागी हुँदा पीताम्बर अधिकारीको बंगालो, गोपालप्रसाद पाण्डेयको बंगालो र रामबहादुर भर्तालको गोठ जलेर नष्ट भएको पनि जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता प्रहरी नायब उपरीक्षक शंकर पोख्रेलले जानकारी दिएका छन् ।