Advertisement Banner
Advertisement Banner

०६ आइतबार, जेठ २०८१17th April 2024, 11:33:48 am

खोप छुटेका बालबालिकालाई वैशाख ३१ मा खोप लगाईने

२० बिहिबार , बैशाख २०८११७ दिन अगाडि

खोप छुटेका बालबालिकालाई वैशाख ३१ मा खोप लगाईने

नियमित खोप लगाउन छुटेका बालबालिकालाई आगामी वैशाख ३१ गते स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खोप लगाउने भएको छ । नियमित खोप लगाउन छुटेका बालबालिकाका लागि ‘बृहत खोज र खोप अभियान’ सञ्चालन गरि खोप लगाउने भएको हो ।

मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीका अनुसार १५ महिनामा नियमित खोप लगाउन छुटेका पाँच वर्ष मुनिका बालबालिकालाई १३ प्रकारका खोप दिइने बताईएको छ । सरकारले जन्मेदेखि पाँच वर्ष उमेर समूहका बाललालिकालाई रोग, अपाङ्गता र मृत्युबाट बचाउनका लागि विभिन्न १३ प्रकारका खोप निःशुल्क प्रदान गर्दै आएको छ ।

अहिले नेपालमा ८० प्रतिशतले पूर्णमात्रा, २० प्रतिशतले सबै खोप र ४ प्रतिशत बालबालिकाले कुनै पनि खोप लगाएका छैनन । साथै, केही जिल्लामा खोप लगाउन छुटेका बच्चाको सङ्ख्या बढ्दै गएर दादुरा रुवेलाको महामारीसमेत देखा परेकोले छुटेका बालबालिकालाई खोप दिन थालिएको मन्त्रालयको भनाई रहेको छ ।

आफ्ना बालबालिकालाई छुटेका खोप लगाउन र छिमेकमा रहेका त्यस्ता बालबालिकालाई नजिकैको स्वास्थ्य कार्यालयमा जाने अवस्था बनाउनका लागि सहयोग गर्न मन्त्रालयले अनुरोध समेत गरेको छ । त्यस्तै पूर्णखोप नलगाउँदासम्म बालबालिकालाई सुरक्षित बनाउन नसकिने हुँदा सबै बालबालिकालाई पूर्णखोप लगाउन आवश्यक रहेको मन्त्रालयको भनाई रहेको छ ।