Advertisement Banner
Advertisement Banner

१२ मंगलबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

वेस्ट इन्डिज ‘ए’ सँगको तेस्रो खेल शुरु

१९ बुधबार , बैशाख २०८१२ बर्ष अगाडि

वेस्ट इन्डिज ‘ए’ सँगको तेस्रो खेल शुरु

टीयू क्रिकेट मैदानमा जारि वेस्ट इन्डिज ‘ए’ सँगको टी-२० सिरिजको तेस्रो खेलमा नेपालले पहिला फिल्डिङ गर्ने भएको छ । नेपालविरुद्ध वेस्ट इन्डिज ‘ए’ ले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेसंगै नेपालले पहिला फिल्डिङ गर्ने भएको हो ।

यसअघिको दुई खेलमा एकमा जित निकालेको नेपालले वेस्ट इन्डिज ‘ए’ सँग टी-२० सिरिजको तेस्रो खेल खेल्न लागेको हो । यो खेलमा दीपेन्द्रसिंह ऐरीले कप्तानी गर्नेछन् भने यो खेलमा नियमित कप्तान रोहितकुमार पौडेललाई विश्राम दिइएको छ ।

नेपाली टिममा दीपेन्द्रसिंह ऐरी (कप्तान),विनोद भण्डारी,अनिलकुमार शाह,कुशल मल्ल,गुलशन झा,कमलसिंह ऐरी,करण केसी,विवेक यादव,सागर ढकाल,लोकेश बम,आरिफ शेख लगायतका खेलाडी रहेका छन् ।

यसअघिको पहिलो खेलमा जित हात पारेको नेपालले दोश्रो खेलमा हार व्यहोरेको थियो भने आजको तेश्रो खेल जित्ने लक्ष्यका साथ् मैदानमा ओर्लिएको छ ।