Advertisement Banner
Advertisement Banner

०६ आइतबार, जेठ २०८१17th April 2024, 11:33:48 am

डिजेल र मट्टितेलको मूल्य घट्यो पेट्रोलको यथावत

१९ बुधबार , बैशाख २०८११८ दिन अगाडि

डिजेल र मट्टितेलको मूल्य घट्यो पेट्रोलको यथावत

नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाउने भएको छ । इण्डियन आयल कर्पोरेशनबाट डिजेल र मट्टितेलको मूल्य घटेर आएकाले नेपाल आयल निगमले पनि डिजेल र मट्टितेलको मूल्य घटाउन लागेको हो ।

निगमले डिजेल र मट्टितेलको मूल्यमा रु २ का दरले घटाएको छ भने हवाई इन्धन अन्तरिकतर्फ प्रति लिटर रु १ र अन्तराष्ट्रिय तर्फ प्रति किलो लिटर अमेरिकी डलर ७ ले वृद्धि गरेको बताएको छ । डिजेल र मट्टितेलको मूल्य पहिलो, दोश्रो र तेश्रो वर्ग अनुसार १५८.५०,१६० र १६१ रहेकोमा क्रमस १५६.५०,१५८ र १५९ कायम गरिएको छ ।

घटेर आएको मूल्य आज राति १२ बजेदेखि लागू हुने बताईएको छ । नेपाल आयल निगमका अनुसार हवाई इन्धनको मूल्य वृद्धि भएको छ भने पेट्रोल र एलपी ग्यासको मूल्य यथावत राखिएको निगमले जनाएको छ ।