Advertisement Banner
Advertisement Banner

०६ आइतबार, जेठ २०८१17th April 2024, 11:33:48 am

अनुमतिबिना पाठ्यपुस्तक बिक्री गर्नेलाई जरिवाना

१९ बुधबार , बैशाख २०८११८ दिन अगाडि

अनुमतिबिना पाठ्यपुस्तक बिक्री गर्नेलाई जरिवाना

अनुमतिबिना पाठ्यपुस्तक बिक्री गर्नेलाई जरिवाना गरिएको छ । नेपालगन्ज-२ बसपार्क रोडमा रहेको गौतम बुक्स सप्लायर्सलाई ५० हजार जरिवाना गरिएको हो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले पाएको सूचनाका आधारमा अनुगमन गरी गौतम बुक्स सप्लायर्सलाई ५० हजार जरिवाना गरिएको बताईएको छ । निर्धारित सर्त पूरा गरेर सूचीकृत बिक्रेताको रूपमा अनुमति पाएका बिक्रेताले मात्र सरकारी पाठ्यपुस्तक बिक्री वितरण गर्न पाउने व्यवस्था भएपनि उक्त बुक्स सप्लायर्सले अनुमतिबिना पाठ्यपुस्तक बिक्री गरेको पाईएकाले जरिवाना गरिएको हो ।

उक्त बुक्स सप्लायर्सले बिक्री गरिने पुस्तकहरूको मूल्य सबैले देख्ने स्थानमा अनिवार्य टाँसेर राख्नु पर्ने दोस्रो सर्तको पनि बेवास्ता गरेको पाईए पछी जरिवाना गरिएको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताएका छन् ।

सरकारी स्वामित्वको जनक शिक्षा सामग्री केन्द्रबाट उत्पादन र वितरण भइरहेको सरकारी विद्यालयका पाठ्यपुस्तकहरूमा क्रेता-शैक्षिक अभिभावकले अनिवार्य रूपमा थाहा पाउनु पर्ने बिक्री मूल्य जस्तो महत्त्वपूर्ण सूचना समेत उल्लेख नगरिएपछि बिक्रेताले भनेको मूल्यमा नै पुस्तक किन्नुपर्ने बाध्यतामा अभिभावकहरू रहेका छन् । यस्तो संवेदनशील  विषयलाई आफूले गृह मन्त्रालय र पाठ्यपुस्तक विकास केन्द्रलाई मौखिक रूपमा अवगत गराई सकेको प्रजिअ पोखरेलले बताएका छन् ।

निजी क्षेत्रका पाठ्यपुस्तकमा बिक्री मूल्य अनिवार्य उल्लेख हुनुपर्ने तर सरकारी स्वामित्वको जनक शिक्षा सामग्री केन्द्रले उत्पादन गरेको पाठ्यपुस्तकमा मूल्य उल्लेख नगरे पनि हुने व्यवस्था शैक्षिक उपभोक्ताको हितमा नरहेकोले बेलैमा सरोकारवाला निकायहरूले ध्यान दिन आवस्यक रहेको बताईएको छ ।