Advertisement Banner
Advertisement Banner

१२ मंगलबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

श्रमिकको अधिकार सुनिश्चित गर्न आग्रह

१९ बुधबार , बैशाख २०८१२ बर्ष अगाडि

श्रमिकको अधिकार सुनिश्चित गर्न आग्रह

श्रमिकको अधिकारको सम्बन्धमा व्यवस्था भएका राष्ट्रिय र अन्तर्राष्ट्रिय कानुनहरूको कार्यान्वयनमा जोड दिन राष्ट्रिय मानव अधिकार आयोगले आग्रह गरेको छ । आयोगले १३५ औँ अन्तर्राष्ट्रिय मजदुर दिवसका अवसरमा शुभकामना दिँदै उक्त आग्रह गरेको हो ।

आयोगले दिवसका अवसरमा शुभकामना दिँदै नेपाल सरकारले लागू गरेको न्यूनतम पारिश्रमिकको व्यवस्था र सामाजिक सुरक्षा कोषमा सबै क्षेत्रलाई आबद्ध गराउन आग्रह गरेको छ । साथै,आयोगले सुरक्षित र मर्यादित कार्य वातावरणको निर्माण एवम् श्रम शोषणका सबै अवस्थाको अन्त्य गर्न विशेष जोड दिन सरकार तथा सम्बद्ध सबै पक्षलाई आग्रह गरेको छ ।

आयोगले निजी क्षेत्रमा कार्यरत श्रमिकहरूले समयमा तलब नपाएको, श्रम शोषण गरिएको, नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिक नपाएको, गरिबीका कारण बालबालिकाहरू, इट्टा भट्टा, होटेल तथा रेष्टुरेन्टहरु र निजी घरहरूमा समेत बाल श्रमिकको रूपमा काम गर्न बाध्य भएको प्रति सम्बन्धित निकायको ध्यान जान जरुरि रहेको बताईएको छ ।

त्यस्तै बाल हिंसा र यौन दुर्व्यवहारबाट पीडित भएका घटनाहरू आयोगको जानकारीमा आएका बताउदै कार्यस्थलमा हुने दुर्घटनाबाट नेपालमा श्रमिकहरू दिनहुँ घाइते तथा अङ्गभङ्ग हुनुपरेको मात्र नभएर ज्यानै समेत गुमाउनुपरेको घटना प्रति सबै जिम्मेवार भएर अगाडी बढ्नु पर्ने आयोगको विज्ञप्तिमा भनिएको छ ।