Advertisement Banner
Advertisement Banner

०६ आइतबार, जेठ २०८१17th April 2024, 11:33:48 am

आज १३५औँ श्रमिक दिवस मनाईदै, मुलुकभर सार्वजनिक बिदा

१९ बुधबार , बैशाख २०८११८ दिन अगाडि

आज १३५औँ श्रमिक दिवस मनाईदै, मुलुकभर सार्वजनिक बिदा

विश्वभर मनाउन लागिएको १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदै छ । ‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’  भन्ने मूल नाराका साथ यो दिवस मनाउना लागिएको हो । सोहि दिवसको अवसरमा सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ ।

हरेक वर्ष मे १ तारिखका दिन विश्वभर मनाउने यो दिवस सन् १८८६ मा अमेरिकाको सिकागोमा ८ घण्टा काम, ८ घण्टा आराम र ८ घण्टा मनोरञ्जनको नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा यो दिवस मनाउन थालिएको हो । विश्वका मजदुरले यो दिवसलाई विशेष पर्वका रूपमा आफ्ना अधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले विभिन्न कार्यक्रम गरी मनाउने गरेका छन् ।

सन् १८८६ मा अमेरिकाको सिकागोको हेय मार्केट भन्ने ठाउँमा मजदुर आन्दोलन चर्कँदै गर्दा बम विस्फोट भएको र उक्त बम विस्फोट कसले गराएको भन्ने नखुले पनि प्रहरीले आन्दोलनरत मजदुरमाथि व्यापक दमन गरि प्रहरीको गोली लागि सात मजदुरको मृत्यु भएको थियो । उक्त मजदुर आन्दोलनले अन्ततः सफलतासमेत हासिल गरेको विश्व इतिहासमा उल्लेख छ ।

त्यसपछि सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम सङ्गठन एवं श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको थियो । त्यसयता सन् १८९० देखि हरेक वर्ष अङ्ग्रेजी महिनाको मे १ तारिखमा श्रमिक दिवस मनाउने गरिएको हो ।

त्यस्तै नेपालको संविधानले सम्पूर्ण नागरिकका लागि रोजगारीको हक एवं श्रमको हक सुनिश्चित गर्दै प्रत्येक श्रमिकका लागि उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हकलाई प्रत्याभूत गर्दै आएको छ ।