Advertisement Banner
Advertisement Banner

०७ बुधबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

लुलुगाई हत्या आरोपमा तीन जना पक्राउ

१८ मंगलबार , बैशाख २०८१६ महिना अगाडि

लुलुगाई हत्या आरोपमा तीन जना पक्राउ

मनाङमा लोपोन्मुख लुलुगाईको हत्या आरोपमा तीन जना पक्राउ परेका छन् । जिल्लाको ङिस्याङ गाउँपालिका-६ माथिल्लो मनाङबाट उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मनाङले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मनाङका प्रमुख एवं प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहका अनुसार लुलुगाई हत्या आरोपमा निजहरूलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेहरुमा डोल्पाको काकोट गाउँपालिका-९ का ५० वर्षीय धोर्जे गुरुङ, गोरखा आरुघाट गाउँपालिका-१ का ३५ वर्षीय सोमबहादुर गुरुङ र ५८ वर्षीय माहिला गुरुङ रहेका छन् । उनीहरू ङिस्याङमा ज्याला मजदुरी गर्दै आएको बताईएको छ ।

आइतबार साँझ डिस्याङ–६ माथिल्लो मनाङमा ढुक्टा गुरुङको लुलु प्रजातिको गाईलाई कामीबहादुर गुरुङको घरमा लगेर मासु खाने प्रयोजनका लागि हत्या गरेको जानकारी आएपछि खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुलाई जिल्ला अदालतबाट म्याद थप अनुमति लिई आवश्यक कारबाही गरिने बताईएको छ ।