Advertisement Banner
Advertisement Banner

०७ बुधबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

सिधा कुरा डटकमलाई प्रमाणसहित उपस्थिति हुन आदेश

१८ मंगलबार , बैशाख २०८१६ महिना अगाडि

सिधा कुरा डटकमलाई प्रमाणसहित उपस्थिति हुन आदेश

सिधा कुरा डटकमलाई सर्वोच्च अदालतले प्रमाणसहित उपस्थिति हुन आदेश दिएको छ । सिधा कुरा डटकमले प्रकाशित गरेको एक समाचारको विषयलाई अदालतको अवहेलनामा कारबाही गर्नुपर्ने वा नपर्नेबारे सबुद प्रमाणसहित यही वैशाख २० गते १० बजे उपस्थिति हुन आदेश दिएको हो ।

सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुङ्गानाको इजलासले सोमबार सिधा कुराका प्रकाशक युवराज कँडेल र कार्यकारी सम्पादक नवीन ढुङ्गानालाई अदालतको अवहेलना मुद्दामा सबुदसहित इजलासमा बयानका लागि उपस्थित हुने आदेश दिएको थियो ।

सिधा कुरा डटकमले चार सयभन्दा बढी भ्रष्टाचारका मुद्दा ‘डिसमिस’ गराउन सर्वोच्च अदालतका न्यायाधीश सहभागी बैठकको ‘स्टिङ अपरेसन’ शीर्षकमा यही वैशाख १४ गते समाचार प्रकाशन गरेको थियो ।

सर्वोच्च अदालतले उक्त श्रव्य दृश्य सामग्रीमा उठाइएको विषयवस्तुको सत्यतथ्य र प्राविधिक पक्षको विस्तृत अनुसन्धान हुनुपर्ने देखिएको ठहर गर्दै प्रमाणसहित उपस्थिति हुन आदेश दिएको हो ।