Advertisement Banner
Advertisement Banner

१२ मंगलबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

तराईको तापक्रम ४० डिग्री भन्दा बढी

१७ सोमबार , बैशाख २०८१२ बर्ष अगाडि

तराईको तापक्रम ४० डिग्री भन्दा बढी

लुम्बिनी प्रदेश अन्तर्गत तराईका केहि स्थानमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस भन्दा माथि पुगेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले वैशाख २० गतेसम्म तापक्रम नघट्ने बताएको छ ।  

महाशाखाका अनुसार केही दिनसम्म देशभरको अवस्थाको विश्लेषणअनुसार तराईका भूभागमा अत्यधिक गर्मीको सम्भावना रहेको बताईएको छ । तराईका भूभागमा आजदेखि वैशाख २० गतेसम्म तातो हावा तथा तातो लहरको सम्भावना रहेको र पहाडी भूभागका उपत्यका तथा खोँचमा समेत तापक्रम क्रमिकरूपमा बढ्न सक्ने सम्भावना रहेको महाशाखाले बताएको छ ।

मुलुकभर गर्मि बढेसँगै आगलागी,हावाहुरीलगायतका समस्या बढ्न सक्ने भएकाले सावधानी अपनाउन आग्रह गर्दै यो वर्ष अहिलेसम्म सबैभन्दा बढी भैरहवामा वैशाख ८ गते ४३.६ डिग्री तापक्रम मापन भएको महाशाखाले जनाएको छ ।