Advertisement Banner
Advertisement Banner

०७ बुधबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

रिडी–तम्घास सडकखण्ड एक महिना बन्द

१७ सोमबार , बैशाख २०८१६ महिना अगाडि

रिडी–तम्घास सडकखण्ड एक महिना बन्द

गुल्मीको रिडी–तम्घास सडकखण्ड एक महिना बन्द हुने भएको छ । सडकका केही ठाउँमा कडा चट्टान फोर्नुपर्ने र ग्रेड मिलाउनुपर्ने भएकाले वैशाख १७ गतेदेखि जेठ १५ गतेसम्म उक्त सडकखण्ड एक महिना बन्द हुने भएको हो ।

रिडी–तम्घास सडकखण्ड बन्द हुने भएपछि वैकल्पिक सडक प्रयोग गर्न जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै आग्रह गरेको छ । उक्त सडकखण्ड वैशाख १७ गतेदेखि जेठ १५ गतेसम्म बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म र राति १० बजेदेखि बिहान ४ बजेसम्म बन्द हुने सूचनामा उल्लेख छ ।  

मदन भण्डारी राजमार्गअन्तर्गत रिडीदेखि बलेटक्सारसम्मको २५ किलोमिटर क्षेत्रमा सडक स्तरोन्नतीसँगै कालोपत्रे गर्ने काम हुँदै आएको छ । उक्त सडक निकै साँघुरो र जिर्ण भएपछी त्यसलाई विस्तार गरेर ७.७५ मिटर चौडाइको बनाउने कार्य भईरहेकाले एक महिनासम्म सवारी आवागमन बन्द गर्न लागिएको हो ।