Advertisement Banner
Advertisement Banner

०७ बुधबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

छिमेकको तीन वर्षीय बालिका हत्या गर्ने आमाछोरी पक्राउ

१७ सोमबार , बैशाख २०८१६ महिना अगाडि

छिमेकको तीन वर्षीय बालिका हत्या गर्ने आमाछोरी पक्राउ

छिमेकको तीन वर्षीय छोरीको हत्या गरेको आरोपमा सिराहामा आमाछोरी पक्राउ परेका छन् । सिराहा नगरपालिका-१८ जरूवा लक्ष्मीनिया टोल निवासी ४७ वर्षीया सोना देवी यादव र उनकी छोरी पूजाकुमारी यादव पक्राउ परेका हुन् ।

उनीहरुलाई छिमेकी रमेश यादवकी तीन वर्षीया छोरी रिया कुमारीको हत्या गरेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता डिएसपी मुक्तिनाथ सापकोटाले जानकारी दिएका छन् । त्यस्तै सोना देवी यादवको श्रीमान धनिकलाल यादव भने फरार रहेको प्रहरीको भनाई रहेको छ ।

यहि वैशाख १२ गते बिहान १० बजेतिर घर अगाडि खेलिरहेकी रमेशकी छोरी रिया एकाएअक हराएकी थिइन् । खोजतलासको क्रममा वैशाख १४ गते राति साढे ११ बजे छिमेकी धनिकलाल यादवको घरको छतमा जाने भर्‍याङ नजिकै बालिकाको शव फेला परेको बताईएको छ ।

बालिकाको शव मसुराको झ्याङ्टाभित्र कालो रंगको प्लाष्टिकको बोराभित्र फेला परेको डिएसपी सापकोटाले बताएक छन् । डीएसपी सापकोटाको अनुसार अनुसन्धानको क्रममा परिवारसँगको रिसिइबी साँध्न धनिकलालको परिवारले रमेशको छोरीको हत्या गरेको खुलेको छ ।

करिब एक वर्षदेखि छिमेकी रमेश र धनिकलालको परिवारबीच झैझगडा हुने गरेको र त्यही रिसिइबीका कारण धनिकलालको परिवारले घर अगाडि खेलिरहेकी बालिकालाई बिस्कुट दिई आफ्नो घरभित्र लगेर हत्या गरेको डिएसपी सापकोटाले बताए ।