Advertisement Banner
Advertisement Banner

०७ बुधबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

सिंहदरबार प्रवेशमा ई–गेट पास प्रणाली

१७ सोमबार , बैशाख २०८१६ महिना अगाडि

सिंहदरबार प्रवेशमा ई–गेट पास प्रणाली

देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबार प्रवेशका लागि ई–गेट पास प्रणाली शुरु भएको छ । सिंहदरबार प्रवेश व्यवस्थापनलाई थप सहज र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयले उक्त प्रणाली सञ्चालनमा ल्याउएको हो ।

आजदेखि परीक्षणको रुपमा काम विशेषले गृहमा प्रवेश गर्नेका लागि सो प्रणाली सञ्चालनमा ल्याईएको बताईएको छ । नयाँ प्रणाली ई–गेट पासका लागि सम्बन्धित वेबसाइटबाट क्युआर कोडसहितको पासको निम्ति अनुरोध गर्नु पर्नेछ ।

अनुरोधका लागि मन्त्रालयबाट स्वीकृत भइसकेपछि मात्र पास जारी हुने व्यवस्था मिलाइएको र पास साथमा लिएर सिंहदरबार प्रवेश गर्न सकिने मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयमा परीक्षण गरिएपछी सिंहदरबार भित्रका सबै मन्त्रालय र निकायका लागि ई–गेट पास प्रणाली लागु गरिने मन्त्रालयको भनाई रहेको छ ।