Advertisement Banner
Advertisement Banner

०७ बुधबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

अशक्त र गरिब नागरिकको निःशुल्क उपचार हुने

१७ सोमबार , बैशाख २०८१६ महिना अगाडि

अशक्त र गरिब नागरिकको निःशुल्क उपचार हुने

काठमाडौँ महानगरपालिकाले जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकको निःशुल्क उपचार गर्ने भएको छ । अशक्त र गरिब नागरिकले सिफारिसका आधारमा निःशुल्क उपचार पाउने भएका हुन् ।

महानगरपालिकाले लक्षित वर्गका लागि निःशुल्क उपचारसम्बन्धी सूचना जारी गर्दै उक्त जानकारी गराएको हो । महानगरले एक सूचना जारी गर्दै लक्षित वर्गका बिरामीले आफ्नो पालिकाबाट विपन्न, असहायको सिफारिस लिएर काठमाडौँ महानगर आए बिरामीले निःशुल्क उपचार पाउने छन् ।

काठमाडौँ महानगरपालिका क्षेत्रभित्रका सबै प्रकारका अस्पतालमा लक्षित वर्गले सिफारिसको आधारमा निःशुल्क उपचार सेवा पाउने बताईएको छ । उपचार उपलब्ध गराउन महानगरपालिका भित्रका ५२ अस्पतालका तीन सय ७४ शैया उपलब्ध छन् । 

महानगरले निःशुल्क उपचार सेवा लिनका लागि निःशुल्क टेलिफोन नं ११८० मा फोन गरेर जानकारी लिन आग्रह गरेको छ ।