Advertisement Banner
Advertisement Banner

०७ बुधबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

तेस्रो लगानी सम्मेलन आजदेखि सुरू

१६ आइतबार , बैशाख २०८१६ महिना अगाडि

तेस्रो लगानी सम्मेलन आजदेखि सुरू

काठमाडौंको सोल्टी होटलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेसंगै तेस्रो लगानी सम्मेलन सुरू भएको छ । स्वदेशी तथा विदेशी लगानी भित्र्याउन सरकारले आजदेखि तेस्रो लगानी सम्मेलनले सुरू गरेको हो ।

सोल्टी होटलको सम्मेलनमा स्वागत गर्दै अर्थमन्त्री वर्षमान पुनले नेपाल लगानीका लागि उपयुक्त देश भएको बताएका छन् । सम्मेनलमार्फत् लगानीको सम्भावना र अवसरबारे बुझेर लगानी गर्न लगानीकर्ताहरूलाई सहयोग पुग्ने अपेक्षा गरेको अर्थमन्त्री पुनको भनाई छ ।

आजदेखि शुरु भएको उक्त सम्मेलनमा नेपालसहित ५५ देशका १६ सयभन्दा बढी लगानीकर्ताको सहभागिता रहेको बताईएको छ । भोलिसम्म हुने सम्मेलनमा स्थानीय, प्रदेश, संघ र निजी क्षेत्रका समेत गरी १ सय ५१ परियोजना सरकारले प्रस्तुत गर्दै छ । लगानी बोर्डका अनुसार सम्मेलनमा ९ खर्ब बराबरका आयोजनाहरू प्रस्तुत हुनेछ ।

आज र भोलि २ दिन चल्ने सम्मेलनमा ऊर्जा, यातायात, खानी तथा खनिज, पर्यटन, उत्पादन, औद्योगिक पूर्वाधार तथा व्यापार, स्वास्थ्य तथा शिक्षा लगायत विविध क्षेत्रका परियोजना प्रस्तुत गर्ने तयारी रहेको छ । त्यस्तै सम्मेलनमा आइतबार पहिलो दिन उद्घाटनपछि दुई वटा मुख्य सत्र हुनेछन् भने सोमबार ११ वटा समानान्तर सत्र सञ्चालन गर्ने तयारी रहेको बताईएको छ ।

उक्त तेस्रो लगानी सम्मेलनमा प्रधानमन्त्री प्रचण्ड र अर्थमन्त्री पुनले लगानीकर्ताहरूसँग साक्षात्कार गर्ने तयारी समेत रहेको छ ।