Advertisement Banner
Advertisement Banner

०७ बुधबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

नक्कली लाइसेन्स प्रकरणमा भट्ट र अर्याल पक्राउ

१६ आइतबार , बैशाख २०८१६ महिना अगाडि

नक्कली लाइसेन्स प्रकरणमा भट्ट र अर्याल पक्राउ

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नक्कली लाइसेन्स प्रकरणमा यातायात व्यवस्था विभागका कम्प्युटर इञ्जिनियर हरिश भट्ट र शाखा अधिकृत सुरज अर्याललाई पक्राउ गरेको छ । उनीहरुलाई विभागको अभिलेख नै सच्याएर नक्कली लाइसेन्स जारी गर्ने काममा संलग्न भएको आरोपमा ब्युरोले पक्राउ गरेको हो ।

मुलुकभरका यातायात कार्यालयबाट १ लाखभन्दा बढी नक्कली लाइसेन्स जारी भएको घटनामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले छुट्टाछुट्टै अनुसन्धान गरिरहेको छ । नक्कली लाइसेन्स प्रकरणमा यातायात व्यवस्था विभागका करारका इञ्जिनियर भट्ट शनिबार पक्राउ परेका हुन् ।

यातायात व्यवस्था विभागले गत पुसमा देशभरका यातायात कार्यालयबाट जारी भएको लाइसेन्सको डाटाबेसबारे अध्ययन गर्दा अध्ययनले ५ वर्षको अवधिमा देशभरका यातायात कार्यालयबाट करिब ७३ हजार नक्कली सवारी चालक अनुमतिपत्र (लाइसेन्स) जारी भएको भेटाएको थियो । त्यस्तै प्रदेश सरकार मातहतका यातायात कार्यालयहरूमा गडबड भएको भेटिएपछि जारी गर्ने तयारीमा रहेका करिब २३ हजार लाइसेन्स रोकिएको थियो ।

विभागले देशभरका ३५ वटा यातायात कार्यालयका प्रमुखलाई दिइएको मास्टर युजर आईडी र पासवर्डको दुरुपयोग गरी लाइसेन्स बाँडेको फेला परेपछी उक्त काममा विभागका इञ्जिनियर हरिश भट्टको पनि मिलेमतो देखिएको आरोपमा उनलाई सीआईबीले पक्राउ गरेको बताईएको छ ।