Advertisement Banner
Advertisement Banner

०७ बुधबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

मलामी बोकेको जिप दुर्घटना एकको मृत्यु

१६ आइतबार , बैशाख २०८१६ महिना अगाडि

मलामी बोकेको जिप दुर्घटना एकको मृत्यु

गुल्मीको सत्यवती गाउँपालिका-४ लिम्घामा मलामी बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गुल्मीको लिम्घा भित्री सडकखण्डमा रुद्रवेणीबाट मलामी लिएर लिम्घातर्फ फर्किरहेको लु १ च ४३२० नम्बरको जिप गएराति दुर्घटना भएको थियो ।

उक्त दुर्घटनामा परि १२ जना घाइते भएको बताईएको छ । दुर्घटनामा स्थानीय ७५ वर्षीय मनबहादुर फुम्जालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शङ्कर पोख्रेलले जानकारी दिएका छन् । घाइतेमध्ये ४ जनाको पाल्पा र अन्यको स्थानीय अस्पतालमा उपचार भइरहेको बताईएको छ ।

दुर्घटनामा परि सत्यवति-५ का ३१ वर्षीय कृष्ण थापा, वडा नं ४ का ३५ वर्षीय यसबहादुर बुढाथोकी, ४० वर्षीय खेमु श्रीस, ६० वर्षीय दुर्गाबहादुर राना, ३१ वर्षीय भूपेन्द्रदेव खप्तरी थापा, ५३ वर्षीय पदमबहादुर बुढाथोकी घाईते भएका छन् । त्यस्तै ३१ वर्षीय भरत बुढाथोकी, २६ वर्षीय मिलन राना, २६ वर्षीय ठगबहादुर बुढाथोकी, ३४ वर्षीय घनश्याम बुढाथोकी, ५६ वर्षीय चीनबहादुर राना र चालक २९ वर्षीय शङ्कर विक घाइते भएको प्रहरी नायब उपरीक्षक पोख्रलले बताए ।