Advertisement Banner
Advertisement Banner

०७ बुधबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

वेस्ट इन्डिज ‘ए’ सँग नेपालले दोस्रो खेल खेल्दै

१६ आइतबार , बैशाख २०८१६ महिना अगाडि

वेस्ट इन्डिज ‘ए’ सँग नेपालले दोस्रो खेल खेल्दै

आज कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले वेस्ट इन्डिज ‘ए’ टोलीसँग मैत्रीपूर्ण टी-२० प्रतियोगिताको दोस्रो खेल खेल्दै छ । दिउँसो १२:१५ बजे देखि शुरु हुने मैत्रीपूर्ण टी-२० प्रतियोगिता अन्तर्गत नेपाली राष्ट्रिय क्रिकेट टोलीले वेस्ट इन्डिज ‘ए’ टोलीसँग दोस्रो खेल खेल्न लागेको हो ।

यसअघि हिजो भएको पहिलो खेलमा नेपाल वेस्ट इन्डिज ‘ए’ टोलीलाई ४ विकेटले हराएको थियो । नेपालसँग मैत्रीपूर्ण टी-२० क्रिकेट शृङ्खला खेल्न वेस्ट इन्डिज ‘ए’ टोली पहिलो पटक नेपाल आएको हो ।  

हिजोको खेलमा नेपालसामु वेस्ट इन्डिजले जितका लागि २ सय ५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । नेपालले १९.४ ओभरमा ६ विकेटको क्षतिमा उक्त लक्ष्य पछ्याउदै जित निकाल्न सफल भएको थियो । उक्त खेलका लागि नेपालका कप्तान रोहित पौडेलले शानदार शतकीय पारी खेलेका थिए ।

आगामी जुन महिनामा आयोजना हुने आईसीसी टी-२० विश्वकपको तयारीका क्रममा यो अभ्यास खेल खेल्न लागिएको बताईएको छ । जसअन्तर्गत आईसीसी टी-२० विश्वकपको नवौँ संस्करण आगामी जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने उक्त खेलमा आईसीसी टी-२० विश्वकप अन्तर्गत नेपाल समूह ‘डी’ मा छ ।