Advertisement Banner
Advertisement Banner

०७ बुधबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

इन्टरनेट सेवा जुनसुकै बेला रोकिन सक्ने

१४ शुक्रबार , बैशाख २०८१६ महिना अगाडि

इन्टरनेट सेवा जुनसुकै बेला रोकिन सक्ने

इन्टरनेट सेवा प्रदायक संघ (आइस्पान) ले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै इन्टरनेट सेवा जुनसुकै बेला रोकिन सक्ने चेतावनी दिएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उक्त चेतावनी दिएको हो ।

आइस्पान अध्यक्ष सुधीर पराजुलीले इन्टरनेट ब्याण्डविथ बापत भुक्तानी गर्न सरकारले नै अवरोध गरेकाले इन्टरनेट कम्पनीहरु समस्यामा परेको बताएका छन् । इन्टरनेट ब्याण्डविथ बापत १२ महिनाको करिब ३ अर्ब रुपैयाँ भारतीय कम्पनी एयरटेललाई भुक्तानी गर्न बाँकी रहेको उनको भनाई छ ।

यता एयरटेलले पैसा पठाउन ताकेता गरिरहेको भएपनि ब्याण्डविथको खरिद गर्दा तिर्नुपर्ने पैसाको सिफारिस नदिँदा पैसा पठाउन नसकेको पराजुली बताउछन् । त्यसकालागि भारतीय कम्पनीबाट खरिद गरेको पैसा पठाउन २ दिन अगाडि ताकेता पत्र आएको भएपनि सरकारले सिफारिस नदिँदा उक्त पैसा बैंकमा अड्किएको पराजुलीले बताए ।

भारतीय कम्पनी एयरटेललाई भुक्तानी गर्न बाँकी रकम भुक्तानी नभएर इन्टरनेट बन्द भए यसको जिम्मा सरकारले लिनुपर्ने आइस्पानको भनाइ छ । सरकारले इन्टरनेट प्रदायकलाई आयकर, रोयल्टीलगायतका करमाथि कर थोपरेको आइस्पानको गुनासो छ ।

त्यस्तै सरकारले इन्टरनेट ब्याण्डविथ खरिदको पैसा तत्काल सिफारिस गरेर सहजीकरण नगरे अदलत जाने आइस्पानको तयारी रहेको बताईएको छ । नेपालमा मुख्‍य इन्टरनेट सेवा प्रदायकहरुको लाइसेन्स नवीकरणको मिति सकिएको छ । आइएसपानका अनुसार मर्कन्टाइलको लाइसेन्स सकिएको ८ महिना भएको छ भने सुबिसुको लाइसेन्स सकिन एक महिना बाँकी छ ।

त्यस्तै भायनेटको पनि लाइसेन्स नवीकरणको मिति ३ महिना मात्र बाँकि छ । त्यसैगरी सबैभन्दा ठूलो आइएसपी वर्ल्ड लिंकको लाइसेन्स नवीकरणको मिति १० दिन मात्र बाँकी रहेको बताईएको छ ।