Advertisement Banner
Advertisement Banner

१२ मंगलबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

आत्मनिर्भर बनाउन निःशुल्क सवारी चालक तालिम

१४ शुक्रबार , बैशाख २०८१२ बर्ष अगाडि

आत्मनिर्भर बनाउन निःशुल्क सवारी चालक तालिम

चितवनको कालिका नगरपालिकाले एकल, दलित र विपन्न वर्गका महिलालाई आत्मनिर्भर बनाउन निःशुल्क सवारी चालक तालिम दिएको छ । नगरपालिकाले महिला तथा बालबालिका कार्यक्रमअन्तर्गत तालिम सञ्चालन गरेको हो ।

कालिका नगरपालिकाका नगर प्रमुख बिनोद रेग्मीले ससवारी चालक तालिमले महिलाहरुलाई स्वदेश तथा विदेशका जुनसुकै कुनामा पनि व्यावासयीक तथा स्वरोजगार बन्न सहयोग पुग्ने बताएक छन् । उनले सीप भएका मानिसलाई कामको खाचो नहुने भन्दै उक्त तालिमले आत्मा निर्भर बनाउने बताए ।

पालिकाका ७० जना महिलालाई कालिका–४ पदमपुरस्थित शहिद स्मृति क्याम्पसचौरमा बिहीबारदेखि १५ दिने निःशुल्क हलुका चारपांग्रे सवारी साधन चालक तालिम आयोजना गरिएको पालिकाकाले जानकारी दिएको छ । व्यावसायिक चालक बन्न प्रेरित गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत चुडामणि गौतमले बताए ।